नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २९ पुग्यो



Download our app to get more features

काठमाडौं, १८ माघ । नेपालमा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

यस्तै हाल देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये २५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने १ सय ४३ जना आईसीयूमा उपचाररत छन् ।

Last modified on 2021-01-31 20:39:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts