थप २ सय ८८ जना स्वस्थ, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४

काठमाडौं, १८ माघ । नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ३ हजारभन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा ४१ जना महिला र ६४ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० ९ सय ५९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा प २ सय ८८ जना स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।