कोरोना विरुद्धको खोप वितरणमा भएको ढिलाईमा स्वास्थ्य मन्त्रीको अनुगमन  



Download our app to get more features

रुपन्देही, १७ माघ । लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई भएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले अनुगमन गरेकाछन् । भारत सरकारले उपमहार स्वरुप दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी सरसफाईकर्मीलाई लगाउने भने पनि लुम्बिनी प्रदेशमा वितरणमा ढिलाई भएको छ ।
 शनिबार लुम्बिनी प्रदेशको प्रादेशिक अस्पतालमा मन्त्रीले प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई एकै ठाउँमा रोखेर वितरणमा किन ढिलाई भयो ? भन्दै प्रश्न गरे ।  
ढिलाईकोबारेमा प्रदेशस्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी ,कोरोना विरुद्धको खोप ब्यवस्थापन लुम्बिनी प्रदेशका संयोजक डा. विकास देवकोटा,प्रदेश आपुर्ति केन्द्रका प्रमुख दिनेश चापागाई ,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्य बहादुर भट्टराई र  मेसु डा राजेन्द्र खनालसँग छलफल गरेकाछन् । 
 विश्वमा कोरोना विरुद्धको खोपको अभाव भईरहेको वेला भारत सरकारले उपहार स्वरुप प्रदान गरेको खोप वितरणमा लुम्बिनी प्रदेशका जिल्लामा ढिलो वितरण भएको भन्दै मन्त्री त्रिपाठीले गल्ती महशुस गर्नुहोस नभए आफैं गल्ती महशुस गराउने  भन्दै चेतावनी समेत दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले  खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रहने गरि प्रत्येक जिल्लाका जिल्ला अस्पताल र १५ शैयाका अस्पतालबाट खोप वितरण गरेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी ,सरसफाईकर्मी ,बृद्धआश्रममा काम गर्ने , कैदिबन्दीलाई गरि ४ लाख ३० हजार जनालाई  पहिलो चरणमा खोप दिईने सरकारको लक्ष्य छ । दोश्रो चरणमा अरु जनसंख्यामा खोप वितरण गरिने छ । 
पहिलो चरणमा नै खोप दिन ढिलाई भएपछि स्वास्थ्य मन्त्री त्रिपाठी अनुगमनको लागि भन्दै लुम्बिनी प्रदेशमा आएको बताए ।
 
जिल्ला प्रशासन र पालिकाहरुको समन्वयनमा दुर्गम जिल्लामा वितरण गर्न सकिने मन्त्री त्रिपाठीको भनाई छ । अबको तिन महिना भित्रमा ७२ प्रतिशत  खोप लगाउन योग्य नेपालीलाई कोरोना विरुद्धको खोप दिईने मन्त्रीले बताए।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप लगाईने छ । शनिबारसम्म पहाड र तराईका जिल्लामा गरि २ हजार ६३  सय जनालाई खोप लगाईएको छ ।
 १४ गते  तराईका ६ वटा जिल्ला र १५ गते पहाडी जिल्लामा खोप अभियान सुरु गर्दा प्रदेशमा कोरोना विरुद्धको खोप लगाउन ढिला भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts