नेपालमा थप १ सय ५७ जनामा कोरोना पुष्टि, ३ सय ३३ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १६ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार ७ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार द्द सय २१ पिसिआर परीक्षण गर्दा थप १ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५९ जना महिला र ९८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । योसँगै देशभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै मुलुकभर कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।

Last modified on 2021-01-31 06:06:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts