कर्णालीमा कोरोना बिरुद्धको खोप लगाएका ७ जनामा स्वास्थ्य समस्या



Download our app to get more features

काठमाडौँ, १६ माघ । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाएकामध्ये सात जनामा स्वास्थ्य समस्या देखिएको छ।

१२ वाटा खोप केन्द्रबाट जम्मा ९ सय २३ जनाले लागाएका मध्ये एक जनामा गम्भीर र ६ जनामा सामान्य स्वास्थ्य समस्या देखिएको कर्णाली प्रदेश स्वास्थ्य  सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९८ जनामध्ये एक जनामा गम्भीर असर देखिएको हो। गम्भीर समस्या देखिनेमा निर्देशनालयकै कर्मचारी हुन् ।

यस्तै, प्रदेश अस्पताल सुर्खेतमै खोप लगाएका ४ जना, मेहेलकुना अस्पताल सुर्खेतमा १ जना र डोल्पा अस्पताल डोल्पामा खोप लगाएका दुई जनामा सामान्य असर देखिएको निर्देशनालयले जनाएको छ। उनीहरुलाई पनि खोप लगाएको केहि समयसम्म टाउको दुख्ने रिंगाटा लाग्ने समस्या देखिएको थियो।

भ्याक्सिन लगाएपछि सामान्य समस्या आउनसक्ने भएकाले नआत्तिन निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले सुझाव दिएका छन् ।

नेपालमा माघ १४ गतेबाट पहिलो चरणको खोप अभियान सुरु भएसंगै कर्णाली प्रदेशमा भने  १५ गतेबाट बाट सुरु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts