लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले अस्पतालमै मनाए ५९ नर्सिङ दिवस



Download our app to get more features

रुपन्देही, १६ माघ । नेपाल नर्सिड संघ बुटवल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९ औं नेपाल नर्सिङ दिवसमा फ्लोरेन्स नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर दिवस मनाएका छन् ।
 
सँधै फरक तरिकाले मनाउने नर्सिङस्टार्फहरुले कोरोनाको कहरकाबीच अरु कार्यक्रम भने नगरि औपचारिक रुपमा मात्र यो दिवस मनाएका हुन् ।

नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन् । तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन् । 

यस वर्ष भने गुणस्तरीय नर्सिङ सेवामा हाम्रो शान श्रम र सेवाको गरांै सम्मान भन्ने मुल नाराका साथ यो दिवस मनाएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts