दोस्रो दिनपनि कोरोना विरुद्धको खोप अभियान जारी, २८ हजारभन्दा बढीले लगाए खोप



Download our app to get more features

काठमाडौं, १५ माघ । नेपालमा बिहीवार दोस्रो दिनपनि कोरोन विरुद्धको खोप अभियान जारी रह्यो । 

सरकारले बुधवारदेखि सुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत बिहीवार १९ हजार ६ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । बुधवार पहिलो दिन ९ हजार ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

मन्त्रालयको अद्यावधिक विविरण अनुसार दोस्रो दिनको खोप अभियान अन्तर्गत बिहीवार साँझ ५ बजेसम्म ७७ जिल्लाका गरि २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् । जसमा प्रदेश १ मा ३ हजार ८ सय ४७ जना, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतिमा ११ हजार ४ सय ६१ जना, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३ जना, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ जना, कर्णालीमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

नेपाल सरकारले भारत सरकारबाट अनुदान स्वरुप पाएको कोरोना विरुद्धको खोप पहिलो चरणमा मुलुकभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, कैदीबन्दी लगायतलाई दिइरहेको छ भने दोस्रो चरणमा ५० वर्ष माथि उमेर समूहकलाई लगाउने तयारी गरेको छ ।

Last modified on 2021-01-29 09:04:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts