२४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य, २ सय १३ नयाँ संक्रमित थपिए

काठमाडौं, १५ माघ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ७ सय ९१ पिसिआर परीक्षण हुँदा ८८ जना महिला र १ सय २५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा नयाँ संक्रमित हुनेको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप २ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव १ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ र नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २० रहेको छ ।
हाल नेपालभर कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको छ ।