बाजुरामा स्वास्थ्य कार्यालयका प्रमुख पन्तले लगाए कोराना विरुद्धको पहिलो ‘कोभिशिल्ड’

बाजुरा, १५ माघ । बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई पहिलो ‘कोभिशिल्ड’ खोप लगाएर अभियान सुरु भएको हो ।
जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ । जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि १९ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए ।
अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने आजबाट सुरु भएको हो । खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरालाई मात्र खोप केन्द्र तोकिएकाले अस्पतालमै पुगेर खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले आग्रह गरेको छ ।
Last modified on 2021-01-28 16:02:50