देशभर ९ हजार ८४ जनाले लगाए कोरोना खोप



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपालमा खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले खोप लगाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

जसमध्ये प्रदेश नम्बर १ मा एक हजार २५५, प्रदेश नम्बर २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका छन्। 
अहिलेसम्म खोप लगाउने कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै खोप लगाउन सुरू गरिएको हो। सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ।

Last modified on 2021-01-28 09:34:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts