थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, १ सय ३९ जना आईसीयूमा उपचाररत



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपालमा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार ३ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजार २० पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये २३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने १ सय ३९ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

Last modified on 2021-01-27 20:09:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts