नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार नाघ्यो

थप २ सय ८३ जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६५ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ५९ पुगेको बताए । यो दर कुल संक्रमितको ९८ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप २ स य ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार ३ सय ८२ पिसिआर परीक्षण गर्दा १ सय १४ जना महिला र १ सय ६९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ । सक्रिय संक्रमितमध्ये ८ सय ६५ जना संस्थागत आइसोलेसनमा र २ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-01-27 20:10:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts