डडेल्धुरामा अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले लगाए कोरोनाविरुद्धको पहिलो खोप



Download our app to get more features

डडेल्धुरा, १४ माघ । डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो ।

कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले बताए ।
 
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने जानकारी दिए । उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ ।

बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts