लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन शुरु



Download our app to get more features

रुपन्देही, १४ माघ ।  लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान शुरु भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान शुरु गरेका हुन् ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको छ । भारत सरकारले दिएको उक्त खोप प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts