कोरोना खोप कार्यक्रम निरीक्षण गर्न प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न अहिले त्रिवि शिक्षण अस्पताल पुगेकाछन् ।
आजदेखि देशव्यापी रुपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुरू गरेका छन्। उनले खोप अभियानको शुरूआत गर्दै छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले कोभिड विरुद्धको खोप लगाएपछि खोप अभियान सुरु भैसकेको छ ।
उनले आज अस्पतालका ३०० जना स्वास्थ्यकर्मीलाई खोप लगाउने जानकारी दिए। उनले खोप लगाउन नामवली संकलन गर्ने बताएका छन्।