टेकु अस्पतालमा ८० वर्षीय डा. अमात्यले लगाए कोरोना खोप

काठमाडौं, १४ माघ । कोरोनाविरुद्धको खोप ८० वर्षीय डा. चित्रबहादुर अमात्यले लगाएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेडियोलोजिस्टको रूपमा कार्यरत रहेर सेवानिवृत भएका डा. अमात्यले टेकु पुगेर खोप लगाएका हुन्। उनले खोप लिँदै खुशी व्यक्त गरका छन्। खोप लगाए पछि सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह समेत गरेकाछन् ।
नेपालमा आजबाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ। भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को १० लाख डोज भारतले नेपाललाई उपहार पठाएको थियो।