तीन महिना भित्र सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउँछौँ,प्रधानमन्त्री ओली



Download our app to get more features

 काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको  खोप अभियानको शुरू गरेका छन्।

उनले खोप अभियानको शुरूआत गर्दै कोभिड १९ विरुद्वको खोप सबै नेपालाीले तीन महिना भित्रमा पाउने बताए । उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए। 

भर्चुअल माध्यमबाट सम्बोधन गदै उनले भने, ‘ कोभिड विरुद्वको लडाइँलाई माथि उठाएका छौँ। खोपमार्फत् यसलाई पराजित गर्न मूर्त रुपमा थालनी गरेका छौँ।’‘आजको तीन महिना भित्र सबै नेपालीले कोभिड खोप लगाउने छन्,  

उनले गएको एक वर्ष निकै कठिन भएको समेत उल्लेख गरे। ‘महामारीका रुपमा फैलिएको कोरोना भाइरसले आंशका, भयबीच चिकित्सक, नर्स, सुरक्षाकर्मी लगायतले गरेको समर्पणको उच्च मूल्याकन गर्दछु।’

उनले कोरोना महामारीबीच कतिपय काम परिपक्व नभएको भन्दै स्थानीय तहको भूमिकाले आवश्यकताको औचित्य पुष्टि भएको उल्लेख गरे।

Last modified on 2021-01-27 11:24:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts