सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी र डा. अनुप बास्तोलाले कोरोना खोप लगाए



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपालमा कोभिड १९ विरुद्वको खोप लगाउन सुभारम्भ भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका हुन् ।

उनले खोप लगाएपछि यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो भनेका छन् ।  उनले  खोप लगाउनु पहिला र लगाएपछि खुसी भएको बताए । 

यस्तै, अस्पतालकै डा. अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन्।
सरुवा रोग नेपालको पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित थियो। टेकु अस्पतालले हालसम्म ९०० कोरोना संक्रमितको उपचार गरिसकेको छ। तीमध्ये ४४ जनाबाहेक सबै निको भएर घर  फर्किसकेका छन्।

अस्पतालमा करिब ५५ हजार जनाको पिसिआर परीक्षण गरिएको छ। तीमध्ये ८ हजार जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्माओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको सुभारम्भ गरेका हुन्। 
आज देशभरका ६६ वटा  जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप खोप लगाइदैँ छ। 

सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई कोभिड विरुद्वको खोप लगाउँदै छ।

Last modified on 2021-01-27 16:02:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts