सार्क मुलुकमा कोरोना विरुद्धको खोप अभियान सुरु गर्नेमा नेपाल दोस्रो मुलुक

काठमाडौं, १४ माघ । नेपाल सार्क मुलुकमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने दोस्रो मुलुक बनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आज आयोजित खो अभियान उद्घाटन समारोहमा सार्क मुलुकहरुमध्ये कोरोना विरुद्धको खोप अभियान सुरु गर्नेमा नेपाल दोस्रो मुलुक बनेको बताए ।
उनले दक्षिण एसियामा भने कोरोना विरुद्धको खोप अभियान जारी गर्नेमा नेपाल तेस्रो मुलुक बनेको पनि बताए ।
मन्त्री त्रिपाठीले ७७ जिल्लाका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कैदीबन्दी गरि १२ हजारलाई आज कोरोना विरुद्धको खोप लगाइने पनि बताए ।
Last modified on 2021-01-27 16:02:03