चितवनमा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरू हुँदै, ३ वटा केन्द्रबाट खोप लगाइने



Download our app to get more features

 चितवन, १३ माघ । चितवनमा भोलि (बुधवार) देखि कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिँदै छ । 

चितवनमा बुधवारदेखि एकसाथ तीन वटा केन्द्रबाट खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार भरतपुरस्थित भरतपुर अस्पताल, माडीस्थित बगौडा अस्पताल र टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा खोप सञ्चालन हुनेछ ।

बगौडा अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा बुधवार बिहान दश बजे र भरतपुर अस्पतालमा साढे दश बजेबाट सञ्चालन हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई लगाईने उनले बताए । सोमबार चितवनमा चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए । प्राप्त भ्याक्सिन अपुग हुने भएकोले थप खोपको माग गरिएको उनले बताए ।

उक्त खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाको संयोजकत्वमा चिकित्सक, नर्श र पारामेडिक्स सहितको सात सदस्यीय टोली गठन गरिएको छ । संयोजक डा. बसौलाले खोप कार्यक्रमको लागि सबै तयारी पुरा भएको जानकारी दिए ।

Last modified on 2021-01-27 08:54:14

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts