देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं, १३ माघ । नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।
यस्तै हाल देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये २४ जना भेन्टिलेटरमा उपचाररत छन् भने १ सय ३९ जनाको उपचार आईसीयूमा भइरहेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-01-27 08:53:58