नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघ्यो

निको हुनेदर ९८ दशमलव १ प्रतिशत



Download our app to get more features

काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ४ हजार ५ सय ७४ पिसिआर परीक्षण गर्दा १ सय ३० जना महिला र १ सय ७३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव १ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ भने १ सय २२ जना क्वारेन्टाइनमा रहेका छन् । 

Last modified on 2021-01-27 05:19:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts