नेपालमा थप १० जनाको कोरोनाका कारण मृत्यु, १९ जना मात्रै भेन्टिलेटरमा उपचाररत

काठमाडौं, १२ माघ । नेपालमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ३७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने १९ जना मात्रै भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या २ हजार ५ सय ४ रहेको छ ।
Last modified on 2021-01-26 06:09:08