थप ८ जनाको कोरोनाका कारण मृत्यु, संख्या २ हजार नजिक

काठमाडौं, १० माघ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७४ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ४७ जना आईसीयूमा उपचाररत छन् भने २६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-01-24 06:09:45