नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार नाघ्यो, थप ३ सय ८६ जना स्वस्थ

काठमाडौं, १० माघ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ४१ पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार ९१ जना महिला र १ सय ४१ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ ।
हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ५२ रहेको छ भने १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् ।
Last modified on 2021-01-24 06:09:32