चितवन कोरोनाः कात्तिक महिनामा सबैभन्दा धेरै संक्रमित र मृत्यु, कुन महिनामा कति ?



Download our app to get more features

चितवन, ९ माघ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृत्यु दुवै कात्तिक महिनामा अहिलेसम्मकै उच्च रहेको छ ।

अन्य महिनाको तुलनामा कात्तिकमा नयाँ संक्रमितको संख्या र मृत्यु दुवै उच्च रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार कात्तिक महिनामा मात्रै जिल्लाभर २ हजार १ सय ५८ जनामा संक्रमण देखिएको थियो भने सोहि महिनामा ४४ जना संक्रमितको मृत्यु भएको थियो । 

त्यसैगरि जिल्लाभर जेठ महिनामा ३४, असारमा ७४, साउनमा एकसय ५, भदौमा एक हजार एकसय ४५, असोजमा एक हजार ७ सय ६०, मंसिरमा ८ सय ६३, पुसमा ४ सय ४२ र माघ महिनामा अहिलेसम्म ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, जिल्लाभर संक्रमितमध्ये जेठमा एक, भदौमा १६, असोजमा २२, मंसिरमा १६ र पुस महिनामा ५ जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ति नगरपालिकाका आमा-छोरालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा गत वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले दुवै जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यो नै चितवनमा देखिएको पहिलो कोरोना संक्रमण थियो । उनीहरू गत चैत ३ गते बेलायतबाट नेपाल आएका थिए ।

शुक्रवार दिउँसोसम्म जिल्लाभर छ हजार छ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म छ हजार तीन सय ९० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, शुक्रवार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या एकसय ५६ रहेको छ । त्यसमध्ये एकसय ४२ जना होम आइसोलेसन र १४ जना अस्पताल भर्ना भई उपचाररत रहेकाछन् । चितवनमा अहिले  संस्थागत आइसोलेसन भने खालि छन् । जिल्लाका संक्रमित मध्ये अहिलेसम्म एकसय चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2021-01-22 20:10:18

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts