नेपालमा थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ८० जना स्वस्थ

काठमाडौं, ९ माघ । नेपालमा थप ४ सय ८० जना कोरानो संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये ४ सय ८० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ९ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप ३ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर गत २४ घन्टामा ३ हजार ५ सय ४५ पिसिआर परीक्षण गर्दा १ सय ३३ जना महिला र १ सय ६९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १४ रहेको छ ।