थप ७ जनाको कोरोनाका कारण मृत्यु, ८ सय ७९ जना संस्थागत आइसोलेसनमा

काठमाडौं, ९ माघ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर शून्य दशमलव ७४ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७४ प्रतिशत हो ।
यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने १ सय ५४ जना आईसीयूमा उपचाररत रहेका छन् ।
हाल देशभरका संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ सय ७९ रहेको छ ।
Last modified on 2021-01-23 06:45:46