आधुनिक गायक ध्रुव केसीको निधन

काठमाडौं, ९ माघ । आधुनिक गीतसंगीतका गायक ध्रुव केसीको निधन भएको छ। उनको बिहीबार साँझ भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको हो।
केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। ३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् ।
उनका ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ‘बगी जाने खोला’ लगायतक गित चर्चित छन्।