कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको गुनासो



Download our app to get more features

गुल्मी, ८ माघ । गुल्मीस्थित तम्घासमा रहेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला कार्यरत कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । तलव नपाउँदा महामारीमा काम गर्ने कर्मचारीको मूल्यांकन नभएको उनीहरुको गुनासो छ ।

प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट २ जना, टेक्निसियन ३ जना, असिस्टेन्ट २ जना, कम्प्युटर अपरेटर १ जना, हेल्पर १ जना र १ जना कुकले तलब नपाएका हुन् । कर्मचारीले असोज ८ गतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए ।

स्वास्थ्यकर्मीको टोलीले तलबको माग गर्दै पुस ५ गते जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । गत जेठ ३१ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्न प्रत्येक नगरपालिकाले १५ लाख र प्रत्येक गाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर, केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी तलब पाउनबाट वञ्चित भएका छन् ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts