कोरोना खोप पहिलो चरणमा प्रदेश २ को फ्रन्टलाइनमा खटिनेलाई दिइने



Download our app to get more features

काठमाडौं, ८ माघ । स्वास्थ्य मन्त्रालयले  कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा प्रदेश नम्बर २ मा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि दिइने तयारी गरेको छ।
नेपाललाई भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो तयारी गरेको हो । 

खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिएको छ ।  टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ ।
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोप भित्रिएको एक साताभित्र खोप लगाउने तयारी रहेको बताए पनि कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन  । 
 

Last modified on 2021-01-22 13:08:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts