भारतले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण गरियो



Download our app to get more features

काठमाडौं, ८ माघ । भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराउने भनेको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।

भारतीय इन्डियन एयरलाइन्सको विमानबाट भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोभिशिल्ड आज त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ल्याएको हो ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको भोलिपल्टै खोप नेपाल आएको हो ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

Last modified on 2021-01-22 08:11:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts