डाक्टर थापा बने काठमाडौं विश्व विद्यालयको उपकुलपति



Download our app to get more features

काठमाडौँ, ७ माघ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्व विद्यालयको उपकुलपतिमा थापालाई नियुक्त गरेका हुन् ।

सिफारिसमा परेका डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेल मध्यबाट डा. थापा उपकुलपतिमा नियुक्त भएका हुन् । अब उनले चार वर्ष कार्यकाल सम्हाल्ने छन् । यसअघिका उपकुलपति डाक्टर रामकण्ठ मकाजुको कार्यकाल यहि माघ १० गते सकिदै छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts