भारतले नेपाललाई १० लाख डोज 'काेभिसिल्ड' खाेप अनुदानमा दिने



Download our app to get more features

काठमाडाैं, ७ माघ । भारत सरकारले नेपाललाई १० लाख काेराेना विरुद्धकाे काेभिसिल्ड खाेप अनुदानमा दिने भएकाे छ ।

पहिलाेचरणमा अनुदान प्राप्त खाेप बिहीवार नै नेपाल आउने छ । १० लाख मध्ये सुरुमा फ्रन्टलाईनर (चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सफाईकर्मचारी) लाई लगाइनेछ । अनुदान दिनेसम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा भारतका लागि नेपालका राजदूत विनय माेहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहभागी भए ।

Last modified on 2021-01-21 09:05:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts