टिचिङ अस्पतालका डाक्टर कुट्ने अभियुक्त पक्राउ



Download our app to get more features

काठमाडौं, ६ माघ ।  त्रिवि शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिवि शिक्षण अस्पतालको कोरोना आइसियुमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए। आइसियुमा उपचाररत विरामीको मृत्युपछि विरामीका आफन्तले उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट गरेका थिए।

कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी निरीक्षक पुप्प थापाले बताए।

निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपीट गरेका हुन्।

चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत आइसियु विषयमा डिएमका आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले गालीगलौजगर्दै लात्ताले हानेका थिए।

प्रहरी निरीक्षक थापाले आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरेर दुवै पक्षबीच छलफल भइरहेको बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts