नेपालमा थप चारजनाको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ४८जना कोरोना संक्रमित भएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ९५६ जनाको पीसीआर परीक्षणका क्रममा थप ३ सय ४८ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
नेपालमा हालसम्म कुल २० लाख २१ हजार ७१४ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
Last modified on 2021-01-21 09:04:11