पछिल्लो २४ घण्टामा थप ३४८ जना संक्रमित, ४४१ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ४८जना कोरोना संक्रमित भएकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ९५६ जनाको पीसीआर परीक्षणका क्रममा थप ३ सय ४८ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा हालसम्म कुल २० लाख २१ हजार ७१४ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ । क्वारेनटिनमा १ सय ९० जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट थप ४ सय ४१ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।

Last modified on 2021-01-21 09:04:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts