नेपाल आर्थ्रोस्कोपि संघ (आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल) सुरु 

नेपालमा पहिलोपटक भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप) बाट घुँडाको चोटको उपचार सम्वन्धी क्याडाभरीक कार्यशाला ( मृत शरिर मा प्रयोगात्मक अभ्यास सहित गरीने कार्यशाला ) ह्यान्डस् अन क्याडाभरीक वर्कसप इन (आर्थ्रोस्कोपी) सम्पन्न भएको छ ।

What's This?


Download our app to get more features

काठमाण्डौ, ७ चैत ।  नेपाल आर्थ्रोस्कोपि संघ र आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल (आसोन) सुरु भएको छ  ।
शुरुवातसँगै संघले नेपालमा पहिलोपटक भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप) बाट घुँडाको चोटको उपचार सम्वन्धी क्याडाभरीक कार्यशाला ( मृत शरिर मा प्रयोगात्मक अभ्यास सहित गरीने कार्यशाला ) ह्यान्डस् अन क्याडाभरीक वर्कसप इन (आर्थ्रोस्कोपी) सम्पन्न भएको छ ।
कार्यशालाको सैद्धान्तिक र शैक्षिक अंश काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा संचालन गरीएको थियो भने प्रयोगात्मक अंश त्रिबि चिकित्शा शास्त्र अध्ययन संस्थान महाराजगंज क्याम्पसको फरेन्सिक मेडिसिनको सहयोगमा एनाटोमी ल्याबमा संचालन गरीएको थियो ।
कार्यशालामा आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल (आसोन) का अध्यक्ष डा.चक्रराज पाण्डे, उपाध्यक्ष डा. शिशिर लाखे, महाँसचिव डा. अर्जुन लामिछाने सँगै अन्य बिशेषज्ञहरु डा.इशोर प्रधान, डा.अमित जोशी, डा.रुपेश कुमार बैद्य, डा.सुदिप बैद्य, डा.अर्जुन श्रेष्ठ,डा. चन्द्र बहादुर मिश्र लगायतका फ्याकल्टीहरु र  नेपालका बिभिन्न अस्पतालबाट आउनुभएका बिशेषज्ञ सर्जनहरुले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा सहभागिहुन भारतबाट आएका आर्थ्रोस्कोपि सर्जन डा. आइपिएस ओवरोयले कार्यशालामा आफ्नो अनुभव आदान प्रदान गर्नुभएको थियो ।
कार्यशालामा डायग्नोष्टिक आर्थ्रोस्कोपि , एन्टेरियर क्रुसियट लिगामेन्ट रिकन्स्ट्रक्सन लगायतका सिपहरुवारे सहभागिहरुलाई प्रयोगात्मक र ब्यवहारिक प्रशिक्षण दिइएको थियो । 
घुँडामा चोट लागेका बिरामीहरुको भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप) बाट उपचार गर्न आवश्यक बेसिक तथा एडभान्स सीपहरु आर्थ्रोस्कोपिक सर्जनहरुलाई सिकाउन आयोजना गरिएको कार्यशालामा बिभिन्न अस्पतालमा  कार्यरत २९ जना अर्थोपेडिक सर्जनहरु सहभागि रहेको आसोनका अध्यक्ष डा.चक्रराज पाण्डेले जानकारी दिनुभएको छ । 
यसैबीच, आर्थ्रोस्कोपि सोसाइटी अफ नेपालले आफ्नो संस्थाको औपचारीक शुभारम्भ कार्यक्रम सँगै नेपालमा आर्थ्रोस्कोपिक सर्जरीको क्षेत्रमा पुर्याएका बरिष्ठ आर्थ्रोस्कोपिक सर्जनहरु डा. अशोक कुमार बाँस्कोटा,डा.एम पि श्रीवास्तव, डा.प्रेमलाल श्रेष्ठ, डा.किरण प्रसाद रिजाल, डा. बच्चुराम केसी, डा.दिपक महरा लगायत भारतबाट आएका अतिथि आर्थ्रोस्कोपिक सर्जन डाक्टर आइपिएस ओवरोयलाई सम्मान गरेको छ ।

 

Last modified on 2016-03-21 16:28:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts