गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग



Download our app to get more features

धनगढी, ५ माघ ।  गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन विद्यार्थी संगठनहरुले माग गरेका छन्। सुदूरपश्चिमका ६ विद्यार्थी संगठनहरुले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका हुन।
‘नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धिसंगै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनु पर्छ। यो सन्दर्भमा प्रस्तावित मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न राज्य सङ्ग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल ९क्रान्तिकारी० सेती माहाकालीका संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा सुप इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्कर जोशी र अखिल छैठौका प्रदेश सदस्य पुष्कर भट्टले उक्त विज्ञप्ति जारी गरे हुन।

Last modified on 2021-01-18 19:30:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts