नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ६५, २ हजारभन्दा बढी होम आइसोलेसनमा

काठमाडौं, ५ माघ । नेपालमा गत २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टमा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७३ प्रतिशत हो ।
यस्तै हालसम्म नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ३४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने १ सय ६१ जना आईसीयूमा उपचाररत रहेका छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १ हजार १ सय २ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ७ सय ५९ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-01-19 09:19:11