नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजारभन्दा बढी
३ सय २२ नयाँ संक्रमित थपिए

काठमाडौं, ५ माघ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टमा ४ हजार ३ सय ६ पिसिआर परीक्षण गर्दा १ सय ९८ जना पुरुष र १ सय २४ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६१ ह्जार ८ सय १८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ७ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६१ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या २ सय २१ रहेको छ ।