संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारबीच १९ बुँदे सम्झौता

सम्झौता पत्रसहित



Download our app to get more features

काठमाडौं, ५ माघ । संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारबीच १९ बुँदे सम्झौता भएको छ ।

आइतवार आन्दोलनरत समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच १९ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउने समितिको मागमा सरकारले सहमति जनाएको छ ।

यस्तै कोभिड–१९ को निःशुल्क उपचार र व्यवस्थापनका लागि आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालहरुमा वृद्धि गर्ने, भेन्टिलेटर, आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम दिई आवश्यक कदम चाल्ने, तीन तहका सरकारले यसको प्रभावकारी अनुगमन गर्ने प्रक्रिया सुनिश्चित गर्ने लगायतका विषयमा पनि सम्झौता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको सम्झौताको क्रममा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रोशन पोखरेल, दामोदर रेग्मी र मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सहभागि थिए भने समितिका तर्फबाट डा. लोचन कार्की, रामजी घिमिरे, माईकल देवकोटा, उज्ज्वल कुमार शर्मा, राजेन्द्र खड्का, दाताराम अधिकारी, डा. कृष्णमान शाक्य र लता महत सहभागि थिए ।

विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरु पुस १२ गतेदेखि आन्दोलित थिए । 

यस्तो छ सरकार र समितिबीच भएका सम्झौताहरुः

Last modified on 2021-01-19 06:51:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts