टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण

कैलाली, ४ माघ । टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण अभियान सञ्चालन गरेर खरिद गरिएको शव वाहन टीकापुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
आइतवार टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले अस्पताललाई शव वाहन हस्तान्तरण गरेको हो ।
टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको साँचो टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन् ।
समूहका संयोजक अर्यालले शव वाहन खरिदका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको घोषणा गर्दा विश्वभरी छरिएर रहेका धेरै व्यक्तिहरुले साथ दिएको बताए ।