नेपालमा थप ५ जनाको कोरोनाका कारण मृत्यु, ३९ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, ४ माघ । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७३ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ५७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३९ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-01-18 07:11:06