नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजारभन्दा कम, २ सय ६६ जना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ४ माघ । नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ८ पिसिआर परीक्षण गर्दा ९१ जना महिला र १ सय ७५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ४ सय जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ८ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय १९ रहेको छ । 

Last modified on 2021-01-18 07:10:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts