नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, मृतकको संख्या १९५४ पुग्यो

काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १९५४ पुगेको छ ।
आज देशभर२४० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ४७७ छ । हालसम्म निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
Last modified on 2021-01-16 18:51:43