बैतडीमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने



Download our app to get more features

बैतडी, ३ माघ । बैतडी बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाका ३ वटा स्थानीय तहका ३ विद्यालयमा कार्यक्रम सञ्चालन हुने भएको हो।  
मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका १÷१ वटा विद्यालयमा सो कार्यक्रम सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षममै कार्यक्रम सञ्चालन हुने भएकाले आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए। 
कार्यक्रम सञ्चालन भएका पालिकाका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गर्ने बताइएको छ।
यसअघि डडेल्धुरामा उक्त कार्यक्रम सञ्चलन भइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts