भारतको कोभिसिल्ड कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति



Download our app to get more features

काठमाडौं, २ माघ । नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। 

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । 

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज उत्पादन गरिसकेको छ।
 

Last modified on 2021-01-16 08:53:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts