नेपालमा २ सय ७० नयाँ कोरोना संक्रमित थपिए, ३ सय ९० जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २ माघ । नेपालमा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ८४ पिसिआर परीक्षण गर्दा ९० जना महिला र १ सय ८० जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६ट हजार ८ सय १६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ३ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ७ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ रहेको छ ।

Last modified on 2021-01-16 06:36:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts