गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, १ माघ । नेपालमा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ । यो दर शून्य दशमलव ७३ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ५२ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३३ जना उपचाररत रहेका छन् ।
Last modified on 2021-01-14 17:58:56